मगर महिला संघ चितवनको नेतृत्व लक्ष्मिदेवि थापा मगरलाई

चितवन।नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको छैटौँ जिल्ला अधिवेशनबाट लक्ष्मीदेवी थापामगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ।

 

चितवनको क्षेत्रपुर–२ स्थित चन्द्रएकता मगर समाजको भवनमा सम्पन्न अधिवेशनले थापामगरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हिरा आलेमगर, सचिवमा हिरा थापामगर, कोषाध्यक्षमा शर्मिला थापामगर, सहसचिवमा मिना चुनीमगर र सहकोषाध्यक्षमा कमला थापामगर चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा फुलमाया थापामगर, सिर्जना थापामगर, सिता रानामगर, सुमित्रा थापामगर, भिनु रानामगर, तिलमाया थापामगर, आशा आलेमगर, रमा थापामगर, अनुकुमारी रानामगर, चिना थापामगर, इन्द्रकला थापामगर, रिता थापामगर, मुना रानामगर, मनिका थापामगर, कल्पना मगर, कृष्णकुमारी आलेमगर, बिनु थापामगर, तारा रानामगर र चिनमाया सारुमगर सर्वसम्मत चयन भएका छन्।

 

अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि देवी थापामगर, रुकु रानामगर र विष्णु आलेमगर सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।

 

कार्यक्रमकी प्रमुख अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष चित्रकला छन्त्याल श्रीसमगरले अधिवेशनलाई सम्बोधन गर्दै मगर महिलाहरूको हकहित, अधिकार र सशक्तीकरणका साथै मगर समुदायको धर्म, संस्कृति, भाषा तथा मौलिक भेषभूषाको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइन्।

 

उनले मगर महिला संघमा आबद्ध दिदीबहिनीहरूको हकहित र संस्थागत विकासका लागि केन्द्र तथा आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी विशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य ठाकुरसिं आलेमगरले मगर महिलाहरूको हकहित र अधिकारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए। उनले समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जोगाउन प्रत्येक व्यक्तिले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिए।

 

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै मगर महिलाहरूको अधिकार, सामाजिक सहभागिता, नेतृत्व विकास तथा भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणमा संस्थालाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

Comments